Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा अहिलेसम्म ८ जना निर्वाचित : देउवा प्यानल ५ कोइराला प्यानल ३ (कस्को मत कति)

कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन्। जस मध्ये देउवा प्यानलका ५ र कोइराला प्यानलका ३ जना निर्वाचित भएका छन् ।

शुक्रबार बिहनासम्म १ सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री विजयी भइसकेका हुन् ।

अब ५ सहमहामन्त्रीको नतिजा आउन बाँकी छ। त्यसपछि ३५ जना खुल्ला केन्द्रिय सदस्यहरुको परिणाम आउनेछ ।

हालसम्मको नतिजाअनुसार सभापतिमा शेरबहादुर देउवाले दोस्रो चरणमा शेखर कोइरालालाई हराउँदै बाजी मारेका छन् ।

उपउपसभापतिमा देउवा प्यानलकै पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरूङ विजयी भएका छन्।

यस्तै महामन्त्रीमा कोइराला पक्षका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजयी भए।

यस्तै महिला सहमहामन्त्रीमा देउवा पक्षकी महालक्ष्मी ‘डिना’ उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भए।

दलितसहमहामन्त्रीमा शेखर समूहका जीवन परियार विजयी भए । अब पाँच सहमहामन्त्री र १२१ केन्द्रीय सदस्यको नतिजा आउन बाँकी छ।

सहमहामन्त्रीकोे टुंगोपछि कांग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ।

हेर्नुहोस् अहिलेसम्म को-को विजयी भए (सूचि)

१. सभापति
शेरबहादुर देउवा २७३३ विजयी
शेखर कोइराला १८५५ पराजित
सभापतिमा खसेको मत ४६२३

२. उप-सभापति
पूर्णबहादुर खड्का २१२१ विजयी

३. उप-सभापति
धनराज गुरूङ १९०८ विजयी

उप-सभापतिमा खसेको मत ४६७९
– विजयकुमार गच्छदार १९०६
– चन्द्र भण्डारी १५८०
– सुजाता कोइराला ६४४
– महेश आचार्य ५८९
– दिव्येश्वरी शाह १३२

४. महामन्त्री :
गगनकुमार थापा ३०२३ विजयी

५. महामन्त्री :
विश्वप्रकाश शर्मा १९८४ विजयी

महामन्त्रीमा खसेको मत ४६८२
-प्रकाशशरण महत महामन्त्रीमा १५५६
-मिनेन्द्र रिजाल ८०९
-प्रदीप पौडेल १३९३
-राजाराम कार्की १०३

६. सहमहामन्त्री (महिला)
महालक्ष्मी उपाध्याय ‘डिना’ २५३३ विजयी
-कमला पन्त २१०५
-सहमहामन्त्री (महिला) मा खसेको मत ४६८५

७. सहमहामन्त्री (आ.ज.)
भीष्मराज आङ्देम्बे २७११ विजयी
-विकास लामा १९१२
-सहमहामन्त्री (आ.ज.) मा खसेको मत ४६८८

८. सहमहामन्त्री (दलित)
जीवन परियार सहमहमन्त्री २२१२ विजयी
-मानबहादुर विश्वकर्मा २१७५
-गंगा सुनार २३२
– सहमहामन्त्री (दलित) मा खसेको मत ४६८८

अहिलेसम्म देउवा पक्ष ५ कोइराला पक्ष ३

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्