Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा एमसिसी अनुमोदन गर्न थप समय पर्खिने बोडको निर्णय

नेपाललाई एमसिसी अनुमोदन गर्न थप समय पर्खिने एमसिसी बोडले निर्णय गरेको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफूसँगको सम्झौता नेपालको संसदबाट अनुमोदनका लागि थप समय पर्खिने निर्णय गरेको हो । ।

नेपालमा एमसिसी अनुमोदन हुने कि नहुने भन्ने अन्योलता भइरहेका बेला एमसीसी बोर्ड सकारात्मक देखिएको हो ।१४ डिसेम्बर ९२८ मङ्सिर०को एमसिसी बोर्ड बैठकपछि अमेरिकाको वासिङ्टन डिसीबाट गत बुधबार जारी विज्ञप्तिअनुसार एमसिसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ ।

एमसिसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायता’दयगत समीक्षा गरिएको उल्लेख छ ।

बोर्ड बैठकको वार्षिक समीक्षामा एमसिसी छनोट भएका विभिन्न देशको नीतिगत कार्यसम्पादनको विषयमा छलफल भएको जनाएको छ ।

जसमध्ये नेपाललाई दिएको एमसिसी अनुदानको काम प्रगतिको विषयमा छलफल भएको जनाएको छ ।एमसिसी बोर्ड नेपाललाई दिएको अनुदान अनुमोदन हुने निश्चित भएको सन्देश दिइरहँदा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक राखेर एमसीसी अनुमोदनका लागि पहल गर्ने तयारी थालेका छन् ।

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्