Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्षामन्त्रीबाट राजीनामा दिएका मीनेन्द्र रिजाल के सक्रियबाट पनि बाहिरिन लागेका हुन ?

रक्षामन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको बताएका छन् । राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ छ ।

राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’

डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’

अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए।

‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्