Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला आफ्नै घरमा असुरक्षित !

दीपा रेग्मी

चितवन घर घइ हाल काठमान्डौं बस्ने साधना आफुलाई निकै स्मार्ट , निडर नारीको रुपमा परिचय गराउने उनि अजकल निकै मौन रहने गर्छीन् ।

कोविडको बेला भएको लकडाउनमा उनले कहिले पनि कल्पना नगरेको घटना उनको जिवनमा घट्न पुग्यो । कोरानको कारणले गर्दा पहिलो पटक सवै परिवार एकै कोठामा एकै छत मुनी बस्नु पर्ने समय आयो ।

सबै परिवार एकै ठाँउमा हुँदा त रमाइलो नै भएको थियो । दिन विस्तारै दिन वित्दै गर्दा साधना आफ्नो दाइवाटनै हिसांमा परिन । उनि आफ्नै दाइवाट वलत्कृत हुन् पुगिन् । कहिले काँही दाई सँग जिस्कने बस्ने खाने त दाजु विहिनीमा सामान्य नै लाग्थ्यो उनलाई । तर एक दिनको कुरा जिस्कदा जिस्कदै र्दाइले नराम्रो सँग मेरो छतीमा हातले थिच्नु भयो ।

त्यो वेला मैले  समान्य नै रुपमा लिए । किन कि जिस्कँदा जिस्कँदै झुक्एिर होला भनेर सामान्य रुपमा लिए । तर त्यती वास्ता गरिन् । आफ्नै दाइ हो भनेर केहि भनिन् । अर्को दिन पनि यस्तै हर्कत हुन थाल्यो ।

एक दिन त बुवा आमा छतमा केहि काम गर्दै हुनुहुृन्थ्यो । म आफ्नै कोठामा मोवाइल चलाएर बसेको थिए दाई मेरो कोठामा आएर पछाडी बाट आएर एक्कासी आएर अगालो हल्नु भयो ।

मैले यो के गरेको भन्दै गाली गदै थिए । मेरो मुख थुनेर सबै कुरा गर्नु भयो त्यो सम्झन पनि चाँहादिन् ।यो कुरा कसैलाई धम्की दिदै जानु भयो । मेरो मन मानेन र आमालाई भने तर आमाले विश्वास नै गर्नुभयो । वुवालाई पनि भने तर वुवाले पनि विश्वास गर्नु भएन । तर पनि दाईलाई वोलाएर सोध्नुभयो दाईले हो भन्नु भयो तर मलाई त्यो वेला के भयो थाहानै भएन के गरे के गरिन् भनेर भन्नु भयो ।

बुबाले दाईलाई गाली गर्नु भयो। अनि नानी यो कुरा कसैलाई नभन भन्नु भयो । त्यस पछि दाई लाई विदेश पठाईदिनु भयो ।म पढ्नको लागी काठमाडौं आए । अझै पनि त्यो दिन सम्झदाँ पनि निकै पिडा हुन्छ ।

काठमाडौं वालाजु वस्ने रमिलाको कुरा पनि कम छैन् । सातदोवाटोको एक मेडिकलमा काम गर्ने उनको कथा पनि कम छैन् । उनको श्रीमान कामको शिलशिलामा विदेश वस्दै आइरहेका थिए जव कोरानाको महामारी फैलिन थाल्यो तव उनको कम्पनिले नेपाल र्फकाइदीयो । गएको दुई महिना पनि भएको थिएन उनि नेपाल र्फकिनु पर्यो । जव उनि नेपाल र्फकिए तव उनी आफु पनि तनावमा रहे भने घरमा रहेकि श्रिमतीलाई पनि कुटपिट गर्न थाले।

त्यती मात्र नभएर विभिन्न लानछनाहरु लगाउन थाले । श्रीमतीकामको शिलाशिलामा घरवाट बहिर निस्कन पर्ने हुन्थ्यो। काममा जाँदा पनि के सँग गएर आइस् भन्दै कुटपिट गर्ने । रमिलाको इच्छा नुहँदा पनि जवरजस्ती सम्वन्ध राख्ने गर्न थाले त्यति मात्र नभएर छोरालाइ नभएको नभएको कुरा लगाएर छोरालाई पनि तनाव दिन थालेका छ ।

विहान घरको काम गरेर दिउँसो अफिसको काम वेलुकाको घर श्रीमानको काम पिटाइ मेरो दैनिकी हो भन्दै थिइन् । कानुनी उपचार पनि छ नि भन्दा उनि भन्छिन् एक पटक त गएको थिए उहाँहरुले मिलापत्र गराए पठाउँनु भयो । मइतीले हाम्रो इज्तकको कुरा छ त्यसो गर्नु हुँदैन भन्न थाल्नुभयो ,छारोले पनि मानेन् छोराको लागी भए पनि सहेर वस्नु सिवाए मेरो केहि लागेन । यदी उसको उत्ता काम भएको भए पनि यती सारो हुँदैन् थियो होला त्यो पनि कोरोने गर्दा भएन ।

प्रइभेट कम्पनिमा काम गर्न सम्झना रोकायको कोरानाको कारणले गर्दा काम वाट विदा हुनु पर्यो । उनि सँगै काम गर्ने अन्य केहि महिला कर्माचारीहरुलाई कोरोना माहामारीमा काम्पनि घाटामा गएको भन्दै काम वाट निकालीएको थियो । तर सोही कम्पनिमा काम गर्न अन्य पुरुषहरुलाई भने काम वाट निकालीएको छैन् । सम्झना भन्छीन् यो विपदको पुरुषलाईमात्र हाइन् महिलालाई पनि भएको छ नि लिगंको आधारमा गरिएको हिंसा हो तर पनि हामी केहि गर्ने ।

कंलकी बस्ने कमला १२ मा पढ्दै थिइन् कोरोनको कारणले गर्दा विधालय कलेज सवै बन्द थिथो । काम केहि थिएन दिनभर मोवाइल चालायो वस्यो । साथीहरु सँग फेसवुकमा कुरा गर्यो बस्यो । एक दिन उनको फेस वुकमा एक अपरिच व्यक्तीको रिक्कोइस्ट आयो । नचिने पनि एस्पट गरिन् । विस्तारै कुराकानी हुन् थाल्यो उनि पनि खाली समय थियो मज्जाले भयो । केहि दीन पछि यती नजिक भए कि आफ्नो भल्गर तस्विर समेत पठाइ्न ।

केहि समय दिन पछि उक्त्त केटाले उनिलाई तनाव दिन थाल्यो । यती पैसा दे म तेरो भिडियो र तस्विर परिवारमा पठाई दिन्छु भन्न थाल्यो ।
यसरी आत्महत्याको कुरा समेत गर्न लागेकी थिइन सोही समयमा आमाले देखेर वचाउनु भयो । सवै कुरा भने पछि उनले उजुरी गरीन् र उक्त्त व्यक्तीलाई कारवाहि गरीएको थियो ।

यदि सपना सगँ खाली समयलाइ सदुपयोग गर्न जनेको भए यो सव सामाजीक संञ्जाललाई कसरी प्रयोग गर्ने भन्ने कुरा जानेको भए यो सव हुने थिएन् ।सपना जस्तै सवैका अभिभावक वुझ्ने पनि नहुन् सक्छन् । यस्तो किसिको हिंसा वाट पनि महिलाहरु धेरै पिडित छन् ।

यी त केहि उदाहरण मात्र थिए यस्ता धेरै घट्नाहरु हाम्रो समाजमा धेरै छन् । कोहि आफुहिसांमा परे भनेर उजुरी गरेर न्याय पनि पाएको छन् भने कोहि सहेर पिल्सीएर वसेका छन् । हाम्रो समाजमा तिमी महिला हो सव कुरा तिमीले सहनै पर्छ भनेर सिकाएदै अएका छौ त्यही कारणले गर्दा पनि आफु हिंसामा परेको थाहा हुदाँ हँदै पनि केहि गर्न नसकेको अवस्था छ ।

हिसामा परेका महिलाहरूले प्रतिष्ठामा असर पर्ला भनेर रिपोर्ट गर्दैनन् । परिवार वा अन्य व्यक्तिबाट पीडितले फेरि हिंसाको सिकार बन्नुपर्ने हुन्छ । अपराधशास्त्रीहरूका अनुसार अपराधमा लाग्ने समूह समाजमा जहिले पनि हुन्छ । त्यो समूह केबाट बढी प्रभावित हुन्छ, व्यक्तिसँग अन्तरसंवादभन्दा भर्चुअल संसारमा रमाउँछन् ।

महिलाले विवाह भएर पुरुषको घरमा जानुपर्छ, त्यहाँको भिन्न वातावरण, व्यवहार र संस्कारसँग समाहित हुनुपर्छ, यसमा पनि महिलाले विभिन्न विभेद र हिंसा खेप्नुपर्छ। महिलाहरुलाई एउटा सीमित क्षेत्रभित्र राखी उनीहरुका इच्छा, चाहना, विचार अपमान गरिनु नै महिला हिंसामा परेका छन्।
महिलामाथि हुने हिंसा सामान्य जस्तो नै भैसक्यो पछिल्लो समयमा । छोरी बुहारी आफ्नै ससुरा बाउ आफ्नै सरोदर दाजु भाइकै सिकार भई बलात्कृत हुन्छन।

कुनै घरमा बुहारी काम गर्ने मेसिन मात्रै हो। बुहारी अबेर सम्म सुत्न हुदैन भन्ने हाम्रो समाज दाइजो नल्याएको निउमा दिन दिनै अनेकौं टर्चर दिएर आत्महत्या बाटो रोज्न बाध्य बनाउने हाम्रो समाजलाई कस्तो शिक्षा दिन आबश्यक होला। बुहारी हो एकबचन कसैलाई फर्काउन हुदैन जे जस्तै भएपनि सहेर बस्न पर्छ भन्ने हाम्रो समाज घरेलु हिंसाको शिकार बन्छिन।

पछिल्लो समय कुनै अपत विपदको समय मा पुरुष भन्दा महिला वढि हिंसामा परेका छन् । उनिहरु सवैभन्दा पहिला वाहिर वाट भन्दा पनि आफ्नै परिवार वाट हिंसामा परेका छन्। परिवामा पनि सवै भन्दा वढि आफ्नै जिवन साथीवाट हिंसामा परेको घट्ना उजिरीमा आउने गरेका कुरा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ।
सो अवधिमा झन्डै ६०,००० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएको जनाएको छ । नेपाल प्रहरीको तथ्याङ्कमा अघिल्लो आर्थिक वर्षमा बलात्कारको २,१०० भन्दा बढी घटना र घरेलु हिंसाका ११,७३८ वटा घटना दर्ता भएको देखिन्छ।

नेपाल प्रहरीका अनुसार आव २०७७/७८ मा महिला तथा बालबालिकाविरुद्ध आएका अपराधको तथ्यांक १८ हजार ९६१ रहेको छ । जबरजस्ती करणी, घरेलु हिंसा, बहुविवाहका घटनाहरु बढी रिपोर्टिङ भएको देखिएका छन् ।

 

 

 

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्