Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा निर्वाचनका लागि देशभर तोकियो १४ मतदान केन्द्र

आगामी फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्र तोकेको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू तोकेको हो । आयोगका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदान स्थलभित्र २/२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिएका छन् ।

आयोगका अनुसार ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ मतदाता रहेका छन् ।

राष्ट्रिय सभामा चार बर्से कार्यकाल सकिएर फागुन २१ गतेबाट १९ सांसद बिदा हुँदै छन् । सोही स्थानमा निर्वाचन हुन लागेको हो ।

 

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्