Logo
११ बैशाख २०८१, मंगलबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदारलाई १९०६ कोइरालालाई ६४४ मत

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

१४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा समूहका खड्का र डा. शेखर कोइराला समूहका गुरुङ निर्वाचित भएका हुन् ।

उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदार झिनो मतले पराजित भएका छन् । उनले गुरुङ भन्दा मात्र २ मत कम ल्याएका छन् ।

उपसभापतिका लागि खड्का, गुरुङ, गच्छदारसँगै चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी साह पनि मैदानमा थिए ।

खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् ।

गच्छदारले १९०६ मत प्राप्त गरेका छन् । त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८० मत ल्याएका छन् ।

सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्