Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका आमनागरिकलाई चेतनशील र सङ्गठीत बनाएर मात्रै परिर्वतन सम्भव छ : नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरेका छन् ।

आज पार्टीको बाग्मती प्रदेश कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेपालले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरेका हुन् ।

पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिए। उनले भने, ‘आमनागरिकलाई चेतनशील र सङ्गठीत बनाएर मात्रै परिर्वतन सम्भव छ ।’

देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले बताए । सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उनको भनाइ छ । वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन उनले निर्देशन दिए ।

राजधानी काठमाडौं र अरु विभिन्न शहरमा सडकको अवस्था खराब भएको उनले बताए । सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उनको भनाइ छ ।

राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उनले बताए । उनले शेरबहादूर देउवा मात्रै होइन नभए कांग्रेसका अरु नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राखेको बताएका छन् ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्