Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरो इलेक्ट्रिकले ल्याउदै छ १५ मिनेटमा फुल चार्ज हुने स्कुटर !

हिरो इलेक्ट्रिकले १५ मिनेटमा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर बजारमा ल्याउँदै छ ।

यसका लागि हिरोले बेंगलुरुको लग ९ नामक कम्पनीसँग साझेदारी गरेको छ । हिरोले लग ९ को इन्स्टा चार्जिङ (यापिडएक्स ब्याट्री प्याक प्रयोग गर्नेछ ।

लग ९ को ब्याट्रीको सहयोगले हिरो स्कुटरमा भएको ब्याटी १५ मिनेटमा फुल चार्ज हुने कम्पनीको दाबी छ ।लग ९ इन्स्टा चार्जिङ ब्याट्री १० वर्षभन्दा बढी टिक्नेछ ।

र्‍यापिडएक्स ब्याट्रीको प्रयोग माइनस ३० देखि ६० डिग्री सेल्सियस तापक्रममा प्रयोग गर्न सकिन्छ । सो ब्याट्रीमा सेफ्टी फिचर पनि सुसज्जित छ जसमा आगो लाग्दैन र तापक्रममा सुरक्षित रहन सुनिश्चित गर्छ ।

हिरो इलेक्ट्रिकको पोर्टफोलियोमा सबै इलेक्ट्रिक टु ह्वील सवारी साधनमा सजिलै रिप्लेस गर्न सकिने ब्याट्री उपलब्ध रहेको छ । हिरो इलेक्ट्रिकका सीईओ सोहिन्दर गिलले स्कुटरमा छिटो चार्ज गर्न सकिने लग ९ ब्याट्री भएका स्कुटर उपलब्ध गराएको जानकारी दिएका छन् ।

चालकले छिटो भन्दा छिटो ब्याट्री फुल चार्ज गर्न सक्ने जानकारी उनले दिएका छन् ।नयाँ अनुसन्धानका अनुसार ईभीमा रहेको फास्ट चार्जिङ सिस्टमले यसको ब्याट्री बिग्रिरहेको छ ।

त्यसैले सवारीसाधनलाई चार्ज गर्नका लागि बढी समय दिनु बाध्यता भएको छ । त्यसैले ईभीको ब्याट्रीले केही मिनेटमै चार्ज गर्ने प्रविधि अपनाएमा छिट्टै चार्ज गर्न सकिन्छ भने यसको ब्याट्री चाँडै विग्रने खतरा पनि कम हुन्छ ।

यो अध्ययन ‘द इलेक्ट्रोकेमिकल सोसाइटी जर्नल’ मा प्रकाशित भएको छ । नेपाल अटो

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्