Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोइरालाले भने : ‘अब हुने दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ ‘

नेपाली कांग्रेसको जारी १४ औं अहाअधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका सभापति उम्मेदवार डां शेखर कोइरालाले आफ्नो विजय हुने दाबी गरेका छन् ।

पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास गदै दाबी व्यक्त गरेका हुन् । ।

परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाले बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।निधि, सिंह र गुरुङले देउवालाई सहयोग गर्ने घोषणा गरीसकेका छन् ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्