Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाशमान-सुजाताद्वारा देउवालाई समर्थन : साढे ३ बजेदेखि सभापतिका लागि पुनः निर्वाचन

नेपाली कांग्रेसको भावी सभापतिका दावेदार प्रकाशमान सिंहले अर्का दावेदार शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

देउवा र नेता सिंह सहित उपसभापतिका लागि दावेदार रहेकी सुजाता कोइरालाबीच केहिबेर अघि भएको छ्लफलपछि नेता सिंहको टोलीले देउवालाई सघाउने सहमति भएको हो ।  केहीबेर अघि मात्रै चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् ।

यता, सभापति चयनका लागि दोस्रो चरणको मतदान कांग्रेस सभापतिको चयनका लागि मंगलबार दिउँसो ३ बजेपछि पुनः मतदान हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा सोमबार तोकिएका ३ ठाउँमै दिउँसो साढे ३ बजेदेखि ७:३० सम्म चुनाव हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सभापतिका लागि देउवा, शेखर कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

जसमध्ये ७६ मत बदर भएको थियो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् ।

उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् ।

अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ ।

यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्