Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंह निवास चाक्सीबारी किन पुगे गृहमन्त्री खाँण ?

नेपाली कांगेसको १४ औ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पहिलो चरणमा सभापतिमा कसैले पनि बहुमत पुर्‍याउन नसकेकोअवस्थामा नेपाली कांग्रेसका सभापतिका प्रत्याशी नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी गृहमन्त्री बालकृष्ण खाँण पुगेका छन् ।

सभापतिका प्रत्याशी शेरबहादुर देउवाले बहुमत प्राप्त गर्ने सम्भावना कम हुँदै जाँदा देउवाले सिंहलाई आफ्नो पक्षमा पार्न खाँणलाई चाक्सीबारी पठाएको स्रोतले जनाएको छ ।

भेटमा खाँणले सिंहसँग दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्न प्रस्ताव राखेका छन् । सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएको सिंहको समूहका एक नेताले जानकारी दिए ।

देउवाले ८२ भोटले बहुमत पुर्‍याउन सकेनन् । कुल खसेको ४६७९ मतमध्ये देउवाले २२५८ मत, शेखर कोइरालाले १७२९ मत, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्