Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जम्मु-कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु,१२ घाइते

छिमेकी मुलुक भारतको जम्मु-कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु भएको छ ।

उक्त आक्रमण परी अन्य १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको हो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौ बटालियनका प्रहरी जवानहरु सवार थिए ।

कश्मीर प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । आक्रमणकारी भने अँध्यारोको फाइदा उठाएर भागेको प्रहरीको जनाएको छ ।

 

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्