Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिको मतगणनास्थलमा ५ वटा सीसी क्यामेरा जडान

१४औं महाधिवेशन अन्तरगत कांग्रेसका सभापतिको मतगणनाका लागि तयार पारिएको राष्ट्रियसभा गृहको हलमा ५ वटा सीसी क्यामेरा जडान गरिएको छ।

सभापति पदमा पहिलो चरणमा कुनै प्रत्यासीले ५० प्रतिशत नकटाए मंगलबार शीर्ष दुई प्रतिस्पर्धीबीच फेरि चुनाव हुनेछ।

निर्वाचन समितिका अनुसार ४७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६ सय ८१ ले मतदान गरेका छन्।

कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन्।

राति साढे ११ बजे मतदान सकिएपछि सभापति पदका लागि मतदान गरिएका पानी ट्यांकी अहिले मतगणनास्थलमा पुर्‍याइएको छ।

मतगणनास्थलमा प्रहरीको कडा सुरक्षाबीच ५ वटा सीसीक्यामरा जडान गरिँदैछ। आवश्यक सबै सुरक्षा बन्दोबस्त पूरा गरेपछि सभापतिको मत अहिले नै गन्न थालिनेछ।

तर अन्य पदका उम्मेदवारको मत पार्टी कार्यालय सानेपामा गनिनेछ।

 

 

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्