Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको जारी मतदान सकियो, अहिले १ बजेबाट मतगणना हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतदान सकिएको हो । उनका अनुसार ४ हजार ६७९ मत खसेको छ।

निर्वाचन समितिले अन्तिम पटक थपेको साढे ११ बजेको समयमा मतदान सम्पन्न भएको हो ।

निर्वाचन समितिले रातिदेखि नै सभापतिको मतगणना सुरु हुने बताएको छ ।

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मध्यान्ह १२ बजेदेखि मतदान भएको थियो ।

काँग्रेसमा ४ हजार ७४३ जना मतदाता रहेका थिए । सभापतिको मात्र मतगणना अहिले १ बजेबाट हुनेछ ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्