Logo
२३ आश्विन २०८१, बुधबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वागमतीमा बन्यो माओवादी कन्द्रको पदाधिकारीविहीन समिति

नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समिति पदाधिकारीविहीन बनेको छ । शनिबार सुरू भएको प्रथम सम्मेलनबाट २ सय ७५ जनाको प्रदेश समिति सर्वसम्मतरुपमा चयन भएको हो।

माओवादी नेता युवराज दुलालले प्रदेश समिति चयन भएको र भोलि बस्ने समितिको पहिलो बैठकबाट अध्यक्ष लगायतका पदाधिकारी चयन हुने जानकारी दिए ।

पदाधिकारी सहमतिबाटै टुंगो लगाउने उनको भनाइ छ ।वागमती प्रदेश अध्यक्षका लागि तीनजना नेताको बलियो दाबेदारी देखिएको छ ।

प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमको दाबी छ ।प्रदेश अध्यक्षका दाबेदार खड्का माओवादी आन्दोलनका चर्चित युवा हुन् ।

हाल प्रदेशसभा सदस्यसमेत रहेका युवा नेता खड्का जनयुद्धकालमा ८ वर्ष जेल बसेका थिए । उनको परिवार नै माओवादी जनयुद्धमा मानक बनाउनेमा पर्छ ।

त्यस्तै अध्यक्षका अर्का दाबेदार सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् ।

उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए ।सरल माओवादीका सांस्कृतिक संगठनका अध्यक्ष पनि हुन् । त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पुराना नेता हुन् ।

 

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्