Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांगेस महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान सुरु

नेपाली कांगेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि अहिले मतदान शरु भइरहेको छ । काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो ।

यसअघि बिहान ८ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका थियो। मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घण्टापछि मतदान सुरु भएको हो।

अहिले महाधिवेशन प्रतिनिधिहरूले मतपत्र लिइरहेका छन्। महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्। आज साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेको छ । मतदान सकिएपछि सुरुमा सभापतिको मतगणना सुरु हुनेछ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्