Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा प्यानल सार्वजनिक : शशांक सहित सिटौला र रामचन्द्रका उम्मेदवार पनि लिष्टमा (सूचीसहित)

१४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार बनेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानल सार्वजनिक भएको छ ।

देउवाको प्यानलमा नेता कृष्णप्रसाद सिटौला, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाका केही उम्मेदवारहरू पनि परेका छन् ।

सभापतिमा देउवा, उप–सभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेलको नाम प्यानलमा छ ।

सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, मानबहादर विश्वकर्मा, भीष्मराज आङदम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवनबहादुर शाही छन् ।

३५ सिटका लागि खुला केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, डा.शशांक कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, सुनिलबहादुर थापा, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, गाविन्द भट्टराई, मोहनबहादुर बस्नेत, रमेश लेखक, हरिप्रसाद नेपाल, डा.गोपाल दहित, मंगलप्रसाद थारु, पदमनारायण चौधरी, शम्भुलाल श्रेष्ठ, जिपछिरिङ लामा, उदयशम्शेर राणा, मदनबहादुर अमात्य, कृष्णकिशोर घिमिरे, वीरेन्द्रकुमार कनौडिया, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, ई.मोहन आचार्य, राजिव ढुंगाना, नरेशबहादुर सिंह, शारदा पौडेल सुधिरकुमार शिवाकोटी, उमेशजंग रायमाझी, रत्नबहादुर कार्की, गुरु बराल, गंगाधर तिवारी, जनकराज गिरी र कुन्दनराज काफ्ले टिममा परेका छन् ।

केन्द्रीय सदस्य महिला खुला ९ जनामा अम्बिाका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डा.डिला संग्रौला पन्त, डा.आरजु राणा देउवा, रंगमती शाही, जमुना ढकाल, सुशीला ढकाल आचार्य, र रमा कोइराला पौडेल रहेका छन् ।

प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट महिन्द्रकुमारी लिम्बु, अमृत आर्याल, आनन्द सन्तोषी राई प्रदेश २ बाट चित्रलेखा यादवको नाम उल्लेख छ ।

त्यसैगरी बागमती प्रदेशबाट उर्मिला नेपाल केसी, ध्यानगोविन्द रञ्जित, ध्रुबप्रसाद अधिकारी गण्डकी प्रदेशबाट सरस्वती अर्याल तिवारी, ध्रुव वाग्ले, सोभियतबहादुर अधिकारी लुम्बिनी प्रदेशबाट शिला शर्मा खड्का, चन्द्रबहादुर केसी, देवेन्द्रराज कँडेल कर्णाली प्रदेशबाट जानकी सिंह, कर्णबहादुर बुढा, राजिवविक्रम शाह सुप प्रदेशबाट सुशीला मिश्र भट्ट, यज्ञराज जोशी, डा.रणबहादुर रावल, मदनकुष्ण श्रेष्ठ टिममा परेका छन् ।

त्यस्तै दलित कोटा सहित अन्य उम्मेदवारहरुमा प्रदीपकुमार सुनुवार, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक, रुपा विक, टेकबहादुर गुरुङ, योगेन्द्र चौधरी पनि प्यानलमा परेका छन् ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्