Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशन : उम्मेद्वारको अन्तिम नामावली प्रकाशित, ५४८ जनाको उम्मेद्वारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता गराएका पदाधिकारी र केन्द्रीय उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ ।

कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृह परिसरमा पदाधिकारी तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर हो । प्रकाशित नामावली राष्ट्रिय सभागृह परिसरमा टाँसिएको छ ।

प्रकाशित नामावली अनुसार सभापतिमा ५ जना, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेद्वारी परेको छ । जसमा दुई उपसभापति र दुई महामन्त्री पदका लागि चुनाव हुन लागेको हो । यस्तै ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेद्वारी दर्ता गरेपछि चर्को प्रतिष्पर्धा छ ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ ।

 

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्