Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिक र संस्थामाथि प्रतिबन्ध

अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र बंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ ।

मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै अमेरिकाले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ ।

‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने ।

अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिकृया दिएका छैनन् । अमेरिका र चीनबीच पटक पटक टसल पर्ने गरेको छ । चीनले पछाडी पार्ने डर अमेरिकालाई छ ।

 

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्