Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमलेन्द्र निधि भन्छन- कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिबर्तन हुनेछ !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले मंगलबार हुने पार्टीको निर्वाचनको पहिलो चरणमा कसैले पनि जित्न नसक्ने दाबी गरेका छन्।

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले सभापतिमा जित्ने दाबी गरे।

दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने पनि जानकारी दिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा निर्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनको भनाइ थियो।

देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोसिस भएको निधिले उल्लेख गरे। उनले सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको बताए।

कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिबर्तन हुने निधिले बताए। त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने उनको भनाई थियो।

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्