Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होन्डाको पावरफुल एसयूभीका दुई नयाँ मोडल चाँडै लन्च हुने !

जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा दुई नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ । यसमा होन्डा सिटी हाइब्रिड र मध्यम आकारको एसयूभी समावेश छ ।

सिटी हाइब्रिड अर्को वर्षको सुरुमा लन्च गर्ने सम्भावना छ । यद्यपि कम्पनीले कुनै समय तोकेको छैन, तर यो कार फेब्रुअरी २०२२ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

सो कारले भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, एमजी एस्टर, स्कोडा कुशाक र फक्सवागन टाइगुन जस्ता कारहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाको एसयूभीलाई सजिलो भने हुनेछैन । जीआईआईएएस २०२१ मा हुन्डाई मोटर्सको सबैभन्दा धेरै बिक्री हुने मिड साइज एसयूभी हुन्डाई क्रेटा फेसलिफ्ट पेश गरिएको थियो ।

सो एसयूभी उत्कृष्ट लुक र शक्तिशाली फिचर्सले सुसज्जित रहेको छ । क्रेटा फेसलिफ्ट यही वर्ष इन्डोनेसियाको बजारमा लन्च गर्नेछ भने अर्को वर्ष भारतमा पनि लन्च गरिनेछ । क्रेटा फेसलिफ्टमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ ।

२०२२ हुन्डाई क्रेटा फेसलिफ्ट कम्पनीको प्रिमियम एसयूभी हुन्डाई टुसानबाट प्रेरित भएको देख्न सकिन्छ, जसमा नयाँ फ्रन्ट र दुबै साइडमा पुनः डिजाइन गरिएको ग्रिल र एलईडी डीआरएल समावेश गरिएको छ ।

यसमा डुअल बीम प्रोजेक्टर हेडल्याम्प, नयाँ फ्रन्ट बम्पर र सिल्भर कलरको फक्स स्किड प्लेट रहेको छ साथै नयाँ डिजाइन गरिएको डुअल टोन अलोय ह्विल पनि समावेश रहेको छ ।नेपाल अटो

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्