Logo
२८ असार २०८२, शनिबार
(December 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव

पार्टीको महाधिवेशन सुरु हुने दिन नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् ।

चितवन-काठमाडौँ प्रजातान्त्रिक संगमले शुक्रबार जावालखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्देश जाने भन्दै सर्वसम्मतिको प्रस्ताव राखेका हुन् ।

निधि आफैँ पनि सभापतिका उम्मेदवार हुन् ।निधिले भने, ‘पार्टीभित्र एकताको सन्देश दिन जरुरी छ । यदि पोडेललाई सर्वसम्मत सभापति बनाउने हो भने म स्वीकार गर्छु । सर्वसम्मत नभएको अवस्थामा सभापतिमा मेरो दाबी यथावत् रहन्छ ।’

निधिले यस्तो प्रस्ताव राख्दै कांगेसको सभापतिको प्रतिस्पर्धालाई नयाँ मोड दिएका हुन् ।

प्रकाशित मिति: Dec 10, 2021

प्रतिक्रिया दिनुहोस्