Logo
२५ बैशाख २०८१, मंगलबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आंशिक बदली भएसंगै देशभर चिसो बढ्यो, प्रदेश १ र २ मा हल्का वर्षाको सम्भावना

यतिबेला नेपालमा चिसो बढ्दै गइरहेको छ । देशमा विभिन्न भागमा आंशिक बदली रहेसंगै देशभर चिसोसमेत बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।रातीसम्म प्रदेश नं १ र प्रदेश नं २ को भू(भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र प्रदेश नं २ का भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्