Logo
५ जेष्ठ २०८१, शनिबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कट्रिना-विक्की आज विवाह बन्धनमा बाधिदै

बलिउडका अभिनेता  विक्की कौशल र अधिनेत्री कट्रिना आज विवाह बन्धनमा बाधिदै छन् । प्रेमी विक्की र कट्रिना आज सवाई माधोपुरको सिक्स सेन्स फोर्ट बारबडामा सात फेरो लगाएर सधैका लागि एक भइ विवाह बन्धनमा बाधिन लागेका हुन् ।

लामो समयमा सम्म चर्चामा रहेको विवाको त्यो सुन्दर क्षण अन्ततः आइपुगेको छ । जब बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिना कैफ मिस बाट मिसेस बन्न लागेकी छिन् । आज कट्रिना सामाजिक तथा सांस्कृतिकरुपमा नै विक्की कौशलकी दुलही बन्न लागेकी छिन् ।

प्रेमी विक्की र कट्रिनाले आज डिसेम्बर ९ गते सवाई माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडामा शाही शैलीमा विवाह गर्दै एक अर्कालाई सदाका लागि सुम्पने भएका छन् ।

कट्रिना र विक्कीले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । तर आज सबैजना उनीहरुको विवाहको साक्षी बन्न लागेका छन
पछिल्लो भारतीय मिडिया रिपोर्टहरूमा यो पनि भनिएको छ कि विक्की कौशल विवाहमा मिडिया कभरेज प्रतिबन्धबाट धेरै खुसी छैनन्।

विक्कीलाई पनि स्थान त्यति मन परेन। तर, कट्रिनाले विवाहसँग सम्बन्धित हरेक ठूला निर्णय लिइरहेकी छिन् र विक्कीले उनलाई साथ दिइरहेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार विक्की-कट्रिनाको विवाह समारोह मध्याह्नबाट सुरु हुनेछ । ३ ः ३० देखि ३ः ४५ सम्म दुवैले सात फेरो लिने छन् । मण्डप मन्दिर तर्फ फर्किने गरी बनाइएको छ ।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्