Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना

छिमेकी मुलुक भारतमा भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज दुर्घटनामा परेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा बुधबार दुर्घटनामा परेको हो ।

रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ ।

इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्