Logo
२३ बैशाख २०८१, आईतबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफु अमिताभकी छोरी भन्दै यी महिला प्रहरी चौकीमा पुगेपछि …!

छिमेकी देश भारतको बिहारको भोजपुर जिल्लामा एक महिला प्रहरी चौकी पुगेर आफूलाई फिल्मस्टार अमिताभ बच्चनकी छोरी बताउन थालेको एउटा रोचक घटना सार्वजनिक भएको छ ।

यस क्रममा ड्युटीमा रहेका प्रहरीहरु छक्क परे । घटना टाउन पुलिस स्टेशनको हो। महिलाको कुरा प्रहरीलाई पत्यार लागेन र सोधे को हुन् अमिताभ बच्चन रु महिलाको जवाफ थियो फिल्म स्टार अमिताभ बच्चन र हजुरबुवाको नाम हरिवंश राई बच्चन हो ।

यो सुनेर सिपाही अफिसर छक्क परे । तर, केही समयपछि महिलाको हर्कत देखेर प्रहरीहरूले उनको मानसिक अवस्था ठीक नभएको बुझे ।

गएको आइतबारको तीन बजेको थियो । त्यसबेला एकजना महिला र एक पुरुष निरीक्षक ड्युटीमा थिए । नाइटी लगाएकी एउटी महिला एक्कासि रुँदै प्रहरी चौकी पुगिन् ।

उनको घरमा बेलायती शासन चलेको बताइन् । त्यसपछि उनले आफू अमिताभ बच्चनकी छोरी भएको बताइन् । अमिताभ बच्चनको नाम सुनेर सबै प्रहरी छक्क परे ।

त्यसपछि महिलाले आफू बस्न कुर्सी नपाउने भनिन् । त्यसपछि प्रहरी चौकीमा उनलाई बस्न कुर्सी दिइयो । प्रहरीले सोधपुछ गर्दा उनले अचम्मको कुरा भनिन् । उनले आफ्नो नाम मोनी रहेको बताइन् ।

उनले प्रहरीसँग भनिन्, ‘फिल्मस्टार अमिताभ बच्चनकी छोरी हुन् मेरो हजुराको नाम हरिवंश राई बच्चन हो।’ यो कुरा पचाउन नसकेपछि पुलिसले फेरी सोधे को हुन् अमिताभ बच्चन ? महिलाको जवाफ दिइन् कौन बनेगा करोडपति । उनले हजुरआमाले आफ्नो नाम आराध्या र मोनी राखेको पनि बताइन् । उनीहरु कहाँ बस्छन् भनी सोध्दा ती महिलाले पाकिस्तानमा भनेकी थिइन् ।

प्रहरी चौकी पुगेकी महिलाले करिब आधा घण्टासम्म अनौठो कुरा गरिरहेकी थिइन् । त्यसपछि उनको मानसिक अवस्था ठिक नभएको प्रहरीहरुले बुझेका थिए ।

ती महिलाले कहिले लालु यादव, कहिले अङ्ग्रेजी र कहिले पाकिस्तानको नाम लिइरहेकी थिइन् । उनले प्रहरी चौकीका प्रहरीलाई सलाम गर्दै बोल्दै थिइन् । एक प्रहरी अधिकृत डीके सिंहले उक्त महिलाले चित्राटोली टोला र तरी महुल्ला क्षेत्रको होटल नजिकैको ठेगाना बताएकी थिइन् । उनको मानसिक अवस्था ठीक थिएन ।एजेन्सी

 

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्