Logo
२० बैशाख २०८१, बिहीबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउँदैमा न्यायिक सुधारको सुरुवात हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका छन् ।

नेपाल बार एशोसिएसनको टोलीसँग आज (मंगलबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानून व्यवसायीको टोली आज ओली निवास बालकोट पुगेर                       न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै प्रधानन्यायाधीश जबरालाई महाभियोगबाट हटाउन सहयोग मागेका थिए ।

अध्यक्ष ओलीले कानुन व्यवसायीहरुको थुप्रै कुरा जायज भएपनि प्रधानन्यायाधीशको राजीनामा प्रस्थान विन्दु नभई अन्त्य भएको बताए । त्यसबाट न्यायिक सुधार अगाडि जानुको साट्टो पूर्णविराम लाग्ने बताए ।

उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे । ‘न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो’ ओलीले कानुन व्यवसायीलाई भने, ‘यहाँहरुले स्वच्छताको त कुरा उठाउनुभयो निष्पक्षताको प्रश्न उठेन कि जस्तो लाग्यो । आफू अधिवक्ता भएकाले पो हो कि ?’

ओलीले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्याउने सुरुवात नहुने पनि बताए ।

 

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्