Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीका मुख्यमन्त्री शाहीले कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी दिने

नेपाली कांग्रेसको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कर्णाली प्रदेशको भुगोल कोटाबाट उम्मेदवारी दिने शाहीले बताए । शाही यसअघिका महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् ।

उनी अहिले कांग्रेस हुम्लाको संस्थापक सभापति रहेका छन् । शाही २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको पहिलो सभापति बनेका थिए ।

त्यस्तै, २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गरेका शाही ११ औं, १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए ।

०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनबाट सांसद निर्वाचित भई शाही ०७४ मा प्रदेश सांसद भएका थिए ।यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ । मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्