Logo
३१ असार २०८२, मंगलबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकको काम तत्काल गर्न दबाब दिदैँ धर्नामा बसेका पाँच जना पक्राउ

मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारवाही र सडकको काम तत्काल गर्न दबाब दिँदै मुडे-चरिकोट सडक संघर्ष समितिको धर्नामा प्रहरीले हस्तक्षेप गरी पाँचजना पक्राउ गरेको छ ।

मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारवाही र सडकको काम तत्काल गर्न दबाब दिँदै आएका संघर्ष समितिका अभियन्तालाई प्रहरीले सडक विभागबाट पक्राउ गरेको हो ।

दबाब दिने उद्देश्यले सडक विभागमा धर्नामा बसेका पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार भवानी कार्की, दोलखाका एमाले नेता ध्रुव आचार्य, कांग्रेसका कुशल खड्का, माओवादी केन्द्रका मिनकुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर ललितपुरमा लगिएको छ । यसअघि संघर्ष समितिले भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएको थियो ।

मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेठले यसै साता ठेक्का तोडेर नयाँ टेण्डर आह्वान गर्ने बताएका थिए ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्