Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विभानस्थको अध्यागमन कार्यालयले फर्काइदियो दुबई उड्न लागेका ७६ यात्रु

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई फर्काइदिएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए ।

यसअघि ४र५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ ।‘कसैले प्रष्ट जवाफ दिन सक्दैनन्’ उनले भने, ‘भिसा एक-डेढ महीनाभन्दा धेरैको छ तर उनीहरु चार दिनका लागि जान लागेको बताउँछन्, महिलाहरूलाई त्यहाँ लगेर घरेलु काममा लगाउन हुनसक्छ ।’

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको शाहीले बताए ।

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्