Logo
१२ बैशाख २०८१, बुधबार
(December 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस प्रदेश १ को मतगणना सुरु : थापा प्यानलको अग्रता

नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि हिजो शनिवार भएको निर्वाचनको मतगणना सुरु भएकोे छ । मतगणनाको सुरुवाती रुझानमा संस्थापन पक्षबाट उम्मेर रहेका उद्धव थापाको प्यानलको अग्रता देखिएको छ ।

निर्धारित समयभन्दा लगभग ५ घण्टा ढिलो मतगणना सुरु भएको हो । गणना आइतबार बिहान ८ बजेबाट सुरु गर्ने तय भएको थियो ।

तर उम्मेदवारका प्रतिनिधिहरु समयमै आइनपुग्दा मतगणना सुरु गर्न ढिलो भएको निर्वाचन अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।

अधिवेशनमा कांग्रेसको संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतरबाट गुरुराज घिमिरेले पार्टीको प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।

दुवै उम्मेदवार आ–आफ्नो प्यानल बनाउँदै चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेस प्रदेश समितिमा रहने १ सभापतिसहित ९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको थियो ।

उनका अनुसार दिउँसो १ बजेदेखि गणना सुरु भएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनमार्फत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

मतदान पनि लगभग साढे ६ घण्टा ढिलो सुरु भयो । बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यसूची रहेपनि मतपत्रमा उम्मेदवारको नाम छुटेको भनेर विवाद भएपछि दिउँसो २ स्३० बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

निर्वाचनमा १ हजार ७ सय ५३ मत खसेको जानकारी निर्वाचत समितिका अधिकृत थापाले दिए । प्रदेश १ मा कांग्रेसका १ हजार ८ सय ५ जना प्रतिनिधि थिए । ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् ।

 

प्रकाशित मिति: Dec 5, 2021

प्रतिक्रिया दिनुहोस्