हिजो हामी एउटा नेताको कार्यकर्ता थियौ,आजबाट राप्रपाको मान्छे भएर जाने छौं : अध्यक्ष लिङ्देन
राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट कुनै नेताको कार्यकता नभई राप्रपाको कार्यकर्ता भएको दाबी गरेका छन् ।
विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले सम्पन्न निर्वाचन आन्तरिक प्रतिस्पर्धा मात्रै रहेकाले आफ्ना शुभचिन्तक तथा कार्यकर्तालाई विजय जुलुसमा एकता हुन आग्रह गरेका छन् ।
‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो-भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’ उनले भने, ‘आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन । हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं ।’
राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले बोलेका कुरालाई व्यवहारमा देखाउने उनको भनाई रहेको छ । अध्यक्षमा कमल थापालाई हराएपछि लिङ्देनलाई बधाई दिनेको धुईँचो लागेको छ ।
उनले पुरानाकुरालाई पनि संरक्षण र संवद्धन गर्दै जान सकिने भन्दै अगाडी बढ्न सकिन्छ । उनले सबैलाई जुन विश्वास गर्नु भएको छ त्यो विश्वास डंग्ने काम र मौका दिने छैन भन्ने दाबी गरेका छन् ।
उनले आफूलाई भोट दिनेको शिर झुक्न कहिलै नदिनेमम्म विश्वास ब्यक्त गरेका छन् ।