Logo
७ बैशाख २०८१, शुक्रबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा महाधिवेशन : अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

राप्रपाका नेता राजेन्द्र लिङ्देनले बाजागाजासहित गएर अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार लिङ्देन सहितका नेता-कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गरेका हुन् ।

राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा। धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्