Logo
१५ चैत्र २०८०, बिहीबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले मात्रै मुलुकको विकास र समृद्धिको आधारमा तय गर्न सक्छ : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलेले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गर्ने बताएका छन् ।

शुक्रबार कांग्रेसको प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै देउवाले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको अगुवाइमा ल्याइएको भन्दै कांग्रेसलेले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको को अगुवाइमा प्राप्त व्यवस्था हो । कांग्रेसले सबै ठुलठुला परिवर्तनको नेतृत्व गर्‍यो । मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ । देउवाले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्ने दायित्व हाम्रो काँधमा छ । काँग्रेसले मात्रै यो मुलुकको विकास र समृद्धिको विकास गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।’

देउवाले महाधिवेशनबाट जनतामा मन जित्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए । महाधिवेशन लगत्तै सबै नेता कार्यकर्ता चुनावको तयारीमा केन्द्रित हुन निर्देशन समेत दिएका छन् ।

कांगेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन भइरहेको छ । शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्