Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा आजदेखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक

प्रदेश नं २ स्थित धनुषाको जनकपुरमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।

विवाह पञ्चमीलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै आज (शुक्रबार) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको हो ।

विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए ।

आजदेखि जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरु हुँदै छ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदै छ ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्