Logo
३० असार २०८२, सोमबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

चर्चित अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् ।

अध्यक्षका एक आकांक्षी राजेन्द्र लिङ्देनको प्यानलबाट उनले महामन्त्रीका निश्चित उम्मेदवारी लागि आज मनोनयन दर्ता गर्ने छिन् ।

राप्रपामा तीन महामन्त्री पदको व्यवस्था छ, जसमध्ये एकजनाा अनिवार्य महिला हुनुपर्छ । रेखाले महिला कोटामा उम्मेदवारी दिने भएकी हुन् । लिङदेन प्यानलबाट एक पुरुष महामन्त्रीका लागि धवल शम्शेर राणाको उम्मेदवारी पहिल्यै तय भइसकेको थियो ।

रेखा हाल राप्रपाको केन्द्रीय सदस्य छिन् । यदि महामन्त्रीमा निर्वाचित भइन् भने त्यो उनको राजनीतिक छलाङ मानिनेछ । कमल थापा प्यानलबाट कुन्ती शाही महिला महामन्त्रीको आकांक्षी छिन् । त्यसैले रेखा र शाहीबीच महामन्त्रीमा प्रतिस्पर्धा हुन सक्छ ।

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्