संसदको गतिरोध र सर्वोच्चमा देखिएको समस्या समाधानको उपाय खोज्छु : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्ने बताएका छन् ।
बताएका छन् ।
स्पेनबाट आज (बिहीबार) बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका हुन् ।
सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु । सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’
आफूले स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै आज उनले अब समस्या समाधानको उपाय खोज्ने बताए ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए ।