Logo
१३ बैशाख २०८१, बिहीबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ लुक र फिचरसहित २०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएसले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी पछि अब नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च गरेको छ । बाइक उत्कृष्ट लुक र फिचरले सुसज्जित छ ।

२०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी एडजस्टेबल ब्रेक र ३ स्टेप क्लच लिभरको साथ प्रस्तुत गरिएको छ । स्पोर्टी लुक र स्पिड प्रिय राइडरलाई यो बाइक उत्कृष्ट साबित हुनेछ ।

मूल्य र भेरिएन्ट

नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी भारतमा २ भेरिएन्टमा पेश गरिएको छ, जसमा सिंगल–च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख ३३ हजार ८४० भारु र डुअल च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख ३८ हजार ८९० भारु तोकिएको छ ।

नयाँ अपाचे २०० हालको मोडेलसँग धेरै मिल्दोजुल्दो देखिन्छ । यसमा नयाँ डीआरएलको साथ नयाँ हेडल्याम्प डिजाइन देख्न सकिन्छ । नयाँ अपाचे स्पोर्ट, अर्बन र रेन गरी ३ राइडिङ मोडको साथै ग्लस ब्ल्याक, पर्ल ह्वाइट र मेट ब्लू जस्ता कलर विकल्पमा उपलब्ध छ । नयाँ अपाचेमा एडजस्टेबल सस्पेन्शन सेटअप उपलब्ध छ ।

पावर र फिचर
२०२२ टीभीएस अपाचे आरटीआर २०० ४भीमा १९७.७५ सीसीको सिंगल सिलिन्डर ४ स्ट्रोक ४भी आयल कुल्ड इन्जिन समावेश गरिएको छ ।

जसले २०.८२ पीएसको पावर र १७.२५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स उपलब्ध छ । नयाँ अपाचे टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ कनेक्टिभिटी सपोर्टको साथ पेश गरिएको छ, जसले रेस डाटा एनालिटिक्स र रेसिङ स्टाइलको बारेमा जानकारी प्रदान गर्छ ।

अपाचे सिरिजका बाइक नेपाली बजारमा समेत निकै नै लोकप्रिय छन् ।नेपाल अटो

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्