Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको मंगलबारको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि मत विभाजन भने आज मात्रै गर्न लागिएको हो । एमालले चितवनमा जारी पार्टीको १० औं महाधिवेशनलाई कारण देखाउँदै मंगलबारको प्रदेश सभामा उपस्थिती भएको थिएन् ।

आज विश्वासको मत लिँदा मुख्यमन्त्री शाहीले प्रष्ट बहुमत पाउने देखिएको छ ।यसैबीच, कर्णली प्रदेश मन्त्री परिषद्मा एक जना मन्त्री थप गरिएको छ ।

मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री विष्टले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

 

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्