Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : क्याट्रिना-विक्कीको विवाहमा को-को सहभागी हुदैछन् !

बलिउडका कलाकारहरु क्याट्रिना कैफ र विक्की कौशलको विवाहको खबरले बजार तातिरहेको छ । कलाकार द्धयको डिसेम्बर ७ मा राजस्थानमा विवाह हुँदैछ ।

राजस्थानमा हुने विवाहमा भारतीय क्रिक्रेटर विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्मा छोरी वामिकासहित विवाहमा सहभागी हुने भएका छन् ।

विवाहमा साहरुख खान र सलमान खान भने सहभागी नहुने भएका छन् । सलमान खान सोही मितिमा विशेष शो को लागि विदेश जाने भएका छन् ।

उनका बहिनीहरु अर्पिता र अलवीरालाई खास निम्तो गरिएको छ । उनीहरु क्याट्रिनाको मिल्ने साथीहरु हुन् ।त्यस्तै वैवाहिक कार्यक्रममा शाहरुख खान नजानुको कारण उनको फिल्म पठान हो ।

पठानको शुटिङमा व्यस्त भएकोले उनी नजाने भएका हुन् । क्याट्रिना–विक्कीको विवाहको लागि राजस्थानमा ठुला ४५ वटा होटल बुक गरिएको छ । विवाह ७ डिसेम्बरबाट सुरु हुनेछ ।

 

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्