Logo
७ बैशाख २०८१, शुक्रबार
(November 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव

नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाल लगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सुझाव दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

यस क्षेत्रका अधिकांश देशहरुमा कोभिड-१९ संक्रमितहरुको सङ्ख्या तुलनात्मक रुपमा कम हुँदै गए पनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ ।

यसले अझै पनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो शतप्रतिशत दिन जरुरी छ, डब्लूएचओकी क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल सिंहले भनिन् ।

विज्ञप्तिमा दक्षिण-पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु अपनाउन समेत सुझाव दिएको छ ।

प्रकाशित मिति: Nov 28, 2021

प्रतिक्रिया दिनुहोस्