प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बारले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल बार एशोसिएशनले आज ज्ञापनपत्र बुझाउने भएको छ ।नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवालाई विहान साढे १० बजे ज्ञापन पत्र बुझाउँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको बारले जबरामाथि महाअभियोगको माग गर्दै देउवालाई ज्ञापनपत्र बुझाउने भएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धीकरणको अवधरणाका विषयमा छलफल हुने बार अध्याक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
आन्दोलनरत बारका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । बारले यसअघि सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्षा गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्र लगायतलाई ज्ञापन पत्र बुझाइसकेको छ ।