Logo
८ बैशाख २०८१, शनिबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयन हुने ! यदी नभए केही पदमा निर्वाचन हुन्छ : बादल

नेकपा एमालेका स्थायी कमिटीका सस्दय रामबहादुर थापा ‘बादल’ले १० औं राष्ट्रिय महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन् ।

एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक बादलले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताएका छन् ।

महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए ।आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए ।

‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्‍र्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ । सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्