Logo
७ बैशाख २०८१, शुक्रबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा फुलकोर्ट बैठक, गोलाप्रथाको निर्णयमा न्यायाधीशहरु नै अलमलमा

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको सक्रियतामा आज फुलकोर्ट बसेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज सर्वोच्च अदालतमा उपस्थित भए पनि फुलकोर्टमा भने प्रत्यक्ष सहभागी भएनन् ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू फुलकोर्ट बसेर पेसी व्यवस्थापन गोला प्रथाबाट गर्ने निर्णय गरेका थिए ।उक्त निर्णयलाई प्रधानन्यायाधीशले सदर गरेपछि त्यस बमोजिम सर्वोच्च अदालत नियमावलीमा संशोधन गरिएको छ ।

तर, उक्त संशोधनमा न्यायाधीशहरु आफैँ अलमलिएपछि आजको बैठक यही विषयमा केन्द्रित बनेको छ । पछिल्लो निर्णय अनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रूपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्ने छ ।

उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्ने छन् ।प्रधानन्यायाधीश जबराले समितिको अध्यक्षता गर्ने गरी भएको नियमावली संशोधनमा अहिले न्यायधीसहरु आफैँ अलमलिएको स्रोतले बताएको छ ।

प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने निर्णय गरेका उनीहरु समितिमा बस्ने कि नबस्ने दोधारमा छन् ।

 

 

 

 

 

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्