प्रधानन्यायाधीश जबराले आजका लागि तोके दश इजलासमा २६६ मुद्दामा पेशी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि दश इजलासमा २६६ मुद्दामा पेशी तोकेका छन् ।प्रधानन्यायाधीश जबराले बुधबारका लागि दुई एकलसहित आठ संयुक्त इजलासमा २६६ मुद्दामा पेशी तोकेका हुन् ।
१० इजलासमा २६६ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुङ्गाना, मीरा खड्का र हरिप्रसाद फुँयाल, हरिकृष्ण कार्की र कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र डा. कुमार चुडाल, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, प्रकाशमान सिंह राउत र नहकुल सुवेदी तथा तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानका लागि संयुक्त इजलास तोकेका छन् ।
साथै, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ