Logo
१३ बैशाख २०८१, बिहीबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगरमा प्रदर्शन

प्रदेश नं १ मोरङ स्थित उच्च बार विराटनगरले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आज प्रदर्शन गरेको छ । बुधबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने विराटनगर बारले जनाएको छ।

न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ ।

बारको विरोध कार्यक्रमले अदालतमा आउने सेवाग्राही प्रभावित भएका छन्।

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्