Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरिसमा नेहुप्रीत रोमान्टिक तस्वीर भयो भाइरल!

भारतीय गायिका नेहा कक्कड पति रोहनप्रीत सिंहसँग प्रेम सिटी पेरिसमा यतिबेला रमाइरहेकी छन् । केही दिन पहिले उनीहरुले तस्बिर सार्वजनिक गर्दै आफूहरु घुमघाममा पेरिस रहेको जानकारी दिएका थिए ।

अहिले फेरि यो जोडीले केही तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ । तस्बिरमा दुबैको रोमान्टिक अन्दाज देख्न सकिन्छ । दुबै पेरिसको आइफिल टावरको अगाडि एकअर्काको प्रेममा रमाएको देख्न सकिन्छ ।नेहुप्रीत आइफिल टावरको नजिक रहेको पुलमा बसेर ‘लिपलक किस’ गर्दै गरेर खिचाएका छन् ।

तस्बिर शेयर गर्दै नेहाले लेखेकी छन् ‘प्रेमको शहर पेरिस निकै राम्रो देखिन्छ ।’ उनले रोहनप्रीत साथमा भएको समय मात्र आफुले पेरिस राम्रो देख्ने उल्लेख गरेकी छन् ।

रोहनप्रीतले भने मानिसहरुले आइफिल टावरलाई गर्ने भन्दा बढी प्रेम नेहालाई गर्ने बताएका छन् । फ्यानले नेहा र रोहनप्रीतको तस्बिरलाई निकै लाइक बर्साएका छन् ।

नेहा र रोहनप्रीत २४ अक्टोबर २०२० मा विवाह बन्धमा बाँधिएका थिए । यी दुबै विवाहदेखि रिसेप्सनसम्मको थुप्रै तस्बिर इन्टरनेटमा भाइरल भएको थियो ।एजेन्सी

 

 

 

 

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्