Logo
१२ बैशाख २०८१, बुधबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धि नियन्त्रण गर्न तेलको आपूर्ति बढाउने

अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धि नियन्त्रण गर्न तेलको आपूर्ति बढाउने भएको छ । राष्ट्रपति जो बाइडेलनले आफ्नो रणनीतिक तेल भण्डारणबाट ५ करोड ब्यारेल कच्चा तेल निकालेर बढ्दो मूल्य नियन्त्रण गर्न आदेश दिएका हुन् ।

इन्धन खपत गर्ने मूख्य देशहरु चीन, भारत, युके, जापान र दक्षिण कोरियासंगको समन्वयमा बाइडेनले यस्तो आदेश दिनुभएको हो । यो कदमबाट इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने विश्वास राष्ट्रपति बाइडेनले लिएको ह्वाइटहाउसले जनाएको छ ।

उपभोक्ताले बढ्दो मूल्यका कारण ग्यास स्टेशनहरुमा पीडा महसुश गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ताले आगामी डिसेम्बर मध्यसम्ममा उक्त मात्राको तेल निकाले पछि राहत मिल्ने बताएका छन् ।

थप हस्तक्षेप गर्नुपर्ने अवस्था आयो भने पनि अमेरिका त्यसका लागि तयार रहेको पनि राष्ट्रपति बाइडेनको भनाइ छ । अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ३ दशमलव ४ डलर पुगेको छ जुन अघिल्लो वर्षको यही समयको दोब्बर हो । एक ग्यालनमा साढे चार लिटर भन्दा बढी मात्रा हुने गर्दछ ।

अमेरिकाले प्राकृतिक महामारी, राष्ट्रिय सुरक्षालगायतका ठूला आवश्यकताको बेला प्रयोग गर्ने गरी टेक्सस र लुजियाना राज्यमा आकस्मिक तेल भण्डार खडा गरेको थियो ।

सन १९७५ मा खडा गरिएको उक्त भण्डारमा ७० करोड ब्यारेल बढी तेल भण्डारण रहेको अनुमान गरिन्छ ।

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्