एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढायो, १९ सय ९९ बाट बढेर २३ सय २७ पुग्यो
नेकपा एमालेको १० औं महाधिवेशनमा एमाले महाधिवेशन प्रतिनिधि बढेर १९ सय ९९ बाट बढेर २३ सय २७ पुगेको छ । एमाले सचिव योगश भट्टराईको अनुसार एमालेको प्रतिनिधिसंख्या बढेर २ हजार ३ सय २७ पुग्ने भएको हो ।
हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना छ । निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ रहेका छन् ।
त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ । त्यस्तै कूल सदस्यको ५ प्रतिशत मनोनित गर्दा १ सय ३ जना गरी महाधिवेशन हुने छन् ।
यसअघि एमालेले महाधिवेशन प्रतिनिधि १ हजार ९ सय ९९ जना हुने जनाएको थियो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले यो बीचका करिब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी भएको बताए ।
तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४ सय ५३ पुगेका छन् ।