Logo
२७ आश्विन २०८१, आईतबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारले मार्यो गौर नगरपालिकामा छापा

प्रदेश नं २ स्थित रौतहटको गौर नगरपालिकामा अख्तियारले छापा मारेको छ ।

नगरपालिकाका योजनाहरुमा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले मंगलबार छापा मारेको छ ।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।

आयोगको टोलीले नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो । आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्